दफा ४
सञ्चित कोषको लेखा राख्ने उत्तरदायित्व
(१)सञ्चित कोषको लेखा अद्यावधिक रूपमा राख्ने तथा त्यसको वार्षिक आर्थिक विवरण बनाउने कर्तव्य र उत्तरदायित्व महालेखा नियन्त्रक कार्यालयको हुनेछ र त्यसको लागि लेखा दाखिला गराउने लगायतका अन्य कामको लागि महालेखा नियन्त्रक कार्यालयले सरकारी कार्यालयलाई नेपाल राष्ट्र बैंक र अन्य बैंकहरूलाई जिम्मेवारी तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको जिम्मेवारीको पालना गर्नु गराउनु सम्बन्धित सबै कार्यालय तथा बैंकको कर्तव्य हुनेछ ।
(३) सञ्चित कोषको संचालन गर्ने, केन्द्रीय लेखा राख्ने र आर्थिक विवरण तयार गर्ने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।